• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मस्कलाई ट्रम्पले पार्टीको ‘न्यू स्टार’ भने


  • धनकुटा खबर
  • .

वासिङ्टन डीसी । अमेरिकाका पूर्व अमेरिकी राष्ट्रपति तथा यस पटकको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले जितेको घोषणा गरेका छन् ।

आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । यस सम्बोधनमा उनले आफ्ना उपराष्ट्रपति जेडी भान्सलाई पनि बोलाएका छन् ।

यसैबिच ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।

उनी ट्रम्पको चुनावी अभियानको मुख्य हिस्सै रहे । यसैबिच ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भनेका छन् । यसबाहेक पनि ट्रम्पले उनलाई अद्भुत पुरुष पनि भनेका छन् । अमेरिकामा ट्रम्प विजयी भएसँगै उनी ४७ राष्ट्रपति हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖