• Tuesday 6th of October 2026

विवाहित महिला बलात्कृत, आरोपित फरार


  • धनकुटा खबर
  • .

वीरगञ्ज । पर्सामा एक जना महिलामाथि बलात्कार भएको घटना प्रकाशमा आएको छ । बहुदरमाई नगरपालिका – ७ विश्रामपुरको छपकैया टोलीकी विवाहित महिला बलात्कारमा परेको घटना बाहिरिएको हो ।

सोही स्थान कै ४५ वर्षीय सुशील राउत कुर्मीले २५ वर्षीय महिलालाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडित महिलाले दिएको असोज ५ गते दिएको किटानी जाहेरीको आधारमा आरोपित भनिएका कुर्मीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । जाहेरी दिएकै दिन महिलाको स्वास्थ्य परीक्षण गर्दै पर्सिपल्ट असोज ७ गते कुर्मीविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले बताए । आरोपित कुर्मी भने फरार रहेको प्रहरीको भनाई छ । उनको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए ।

घटना भदौ ९ गतेको हो । पीडित महिलाका अनुसार कुर्मीले उनलाई राती ८ बजे घरमा कोही ठूलो मान्छे नभएको मौका छोपी अपहरण गरेर गाउँ नजिकैको सरेह (खाली स्थान) मा लागेर बलात्कार गरेका थिए । श्रीमान् घर बाहिर र सासुससुरा तीर्थयात्रामा गएको बेला आफू बच्चा र नन्दसँग भएको बेला ज्यान मार्ने धम्की दिँदै कुर्मीले आफूलाई अपहरण गरेको महिलाले बताएकी छन् ।

बलात्कार गरे पश्चात् पनि कुर्मीले घटनाको विषयमा घर परिवारका सदस्य तथा प्रहरीलाई जानकारी गराए ज्यान मार्ने धम्की दिएका थिए । बलात्कारमा परेर शारीरिक र मानसिक रूपमा विक्षिप्त भएकी महिलाले सोही कारण जाहेरी दिन पनि ढिलाइ गरेको बुझिएको छ ।

महिलाका अनुसार विगत एक महिनादेखि कुर्मी उनलाई विभिन्न प्रलोभनमा पार्ने प्रयास गर्दै आइरहेका थिए । यद्यपि कुर्मीको सबै प्रस्तावहरू उनले अस्वीकार गरेकी थिइन् । घटना भएको दिन घरमा बच्चा र नन्द मात्रै भएको मौका छोपेर कुर्मीले ज्यान मार्ने धम्की दिँदै आफ्नो मुख थुतेर सरेहमा लागि बलात्कार गरेको जाहेरीमा पीडित महिलाले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖