• Tuesday 6th of October 2026

विवाहबारे यसो भन्छन् विजय देवरकोन्डा


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दना लामो समयदेखि प्रेम सम्बन्धमा छन्।

हालै विजयले आफ्नो प्रेम सम्बन्ध र विवाहको योजनाबारे कुराकानी गरेका छन्। उनलाई कर्ली टेल्स शोकी होस्ट काम्याले सिंगल हुनुहुन्छ भनेर प्रश्न सोधेकी थिइन्।

जबाफमा उनले भने, ‘म ३५ वर्षको भएँ, तपाई लाग्छ म सिंगल बस्छु? म डेटमा जादिनँ। म कसैलाई चिनेको लामो समयपछि उसँग मित्रता गाँस्छु र उसँग बाहिर जान्छु।’

विवाहको बारेमा उनले भने, ‘विवाह कसैको करियरको बीचमा आउनु भएन। महिलाको लागि विवाह गर्ने निर्णय धेरै कठिन हुन्छ। यो कुन प्रोफेशनमा छ भन्ने कुराले पनि फरक पार्छ। हो म विवाह गर्न चाहन्छु तर मेरो लाइफ पार्टनरको सहमति पनि जरुरी छ।’

रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖