• Tuesday 6th of October 2026

सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । संगीतकार एआर रहमानले आफू र श्रीमती सायरा बानो अलग हुन लागेको भन्दै मंगलबार राती आफ्ना फ्यानहरूलाई अक्क न बक्क पारेका थिए । रहमान र बानोले २९ वर्षको वैवाहिक जीवन अन्त्य गर्ने घोषणा गरेका थिए ।

सो घोषणा यता रहमानले सामाजिक सञ्जालमा पहिलो पटक पोष्ट गरेका छन् । यो पोष्टमा उनले आफ्नो खुसी व्यक्त गरेका छन् । संगीतकारले मलयालम फिल्म ‘द गोट लाइफ’मा आफ्नो कामको लागि हलिउड म्युजिक इन मिडिया अवार्डस २०२४ मा सर्वश्रेष्ठ स्कोरद्दविदेशी भाषा फिल्मको पुरस्कार जितेको माइक्रो ब्लगिङ वेबसाइट एक्सको आफ्नो आधिकारिक खातामा रहमानले भनेका छन् । आफ्नो यो खुशीलाई व्यक्त गर्न उनले सामाजिक सञ्जालको सहारा लिएका छन् ।

‘द गोट लाइफ’का लागि जिते अवार्ड

रहमानले मध्य रातपछि एक्समा हलिउड म्युजिक इन मिडिया अवाड्र्समा विजेताहरूको पूर्ण सूचीमा बिलबोर्ड आर्टिकल शेयर गरेका थिए । यसमा उनले लेखेका छन् ‘स्कोर–इन्डिपेन्डेन्ट फिल्म (विदेशी भाषा), द गोट लाइफ–एआर. रहमान ।’ पोष्ट हेरेर फ्यान र साथी कलाकारहरुले संगीतकारलाई बधाई दिएका छन् । धेरैले यसलाई ‘ओस्कर २०२५’मा रहमान सम्मानित हुने बाटो खुला भएको भनेर भनेका छन् ।

रहमानले बिहीबार साँझ एउटा भिडियो पनि सार्वजनिक गरेका थिए । यसमा फिल्मको टिम र फ्यानलाई आफ्नो साथ दिएकोमा उनले धन्यवाद भनिरहेको देखिन्छ । ‘विदेशी भाषाको फिल्म द गोट लाइफका लागि सर्वश्रेष्ठ स्कोरको यो पुरस्कार पाउनु अविश्वसनीय सम्मान हो….’ उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖