• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

ओली विरुद्ध सिङ जुधाउन खोज्दा कारबाहीमा परे सांसद चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले दुर्गा चौधरीलाई पार्टी सदस्यताबाट निलम्बित गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसमेतको मानहानी गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पत्र जारी गर्दै निलम्बन सम्बन्धमा दुर्गा चौधरीलाई जानकारी गराएका छन् । प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसायका अध्यक्ष ओली, महासचिव पोखरेलसमेतको मानहानी हुने गरी सार्वजनिकरुपमा गाली गलौज गर्ने, समाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि गरेको पत्रमा उल्लेख छ ।

स्पष्टीकरण सोध्दा पनि सांसद चौधरीले आफ्ना कमीकम्जोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्धमा लिखित जवाफ दिएको बताइएको छ । अध्यक्ष ओली र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेको चौधरी बाँके १ (ख) बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖