• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

जहाजबाट काठमाडौं ओर्लिनेबित्तिकै रविलाई पुलिसको भ्यानमा राखेर निकालियो, समर्थकद्धारा पक्षमा नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ मंसिर । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई बयानको लागि काठमाडौं ल्याईएको छ ।

काठमाडौंको कालिमाटी मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

यो बीचमा उनलाई रुपेन्देहीपनि बयानको लागि लगिएको थियो । उनलाई बयानको लागि आज कास्कीबाट काठमाडौं ल्याईएको हो । उनलाई प्रहरीले जहाजमार्फत काठमाडौं ल्याएको हो ।

काठमाडौंको आन्तरिक विमानस्थलमा रवि ल्याईँदा उनका समर्थकहरुले प्लेकार्डसहित रविको रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । उनलाई काठमाडौं झरेलगत्तै प्रहरीले आफ्नै भ्यानमा राखेर विमानस्थल बाहिरि निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖