• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

रवि लामिछानेको आज काठमाडौं जिल्ला अदालतमा बयान


  • धनकुटा खबर
  • .

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान (आज) शुक्रबार काठमाडौंमा सुरु हुँदैछ। लामिछानेलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।

शुक्रबारदेखि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लामिछानेको बयान हुनेछ। स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जीबी राईसँग मिलेर ऋण लिएको पाइएको छ। लामिछाने एक्लैले ४६ लाख सवारी ऋण र जीबीसँग संयुक्त थप ४६ लाख लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान हुनेछ। पक्राउ पूर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी उनलाई पोखरा पुर्‍याइएको थियो।

पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यसबीचमा बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा रूपन्देहीमा बयान भइसकेको छ। काठमाडौंमा बयान सकेलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖