काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रायलले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चारदिने चीन भ्रमणकाे घोषणा गरेको हो । त्यसतर्फ जानुभन्दा तीन दिनअघि मात्र ढिलोगरी भ्रमणकाे मिति घोषणा गरिएको हो ।
ओली १७ गते चीन प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्किनेछन् । ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
साथै, उनी अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस भ्रमणका लागि स्वीकृति दिएको थियो ।
