• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरका दुई उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीरण सोधेको छ ।

निर्वाचन आयोगले प्रचार प्रसारको क्रममा अनुगमन गर्दा आचार संहिता विपरित कार्य गरेकाले स्पष्टीकरण सोधेको हो । ‘अनुगमन टोली आउँदा आचारसंहिता विपरित गतिवधि देखिएको हुँदा स्पष्टीकरण सोधिएको हो,’ आयोग स्रोतले भन्यो ।

कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्र शिवशरण र स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमानलाई सघाउने निर्णय लिएका छन् ।

आइतबार कीर्तिपुरमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖