• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक, पेकिङ विश्वविद्यालयमा पनि सम्बोधन गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा निस्किँदैछ । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण स्विकृत गरिसकेको छ ।

त्यसको भोलिपल्ट आज (शुक्रबार) परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र समकक्षी लिसँग भेटवार्ता गर्नेछन् ।

यस्तै, उनले बेईजिङमा रहेको पेकिङ विश्वविद्यालयमा सम्बोधन (प्रमुख वक्ता) को रुपमा सम्बोधन गर्नेसम्को कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖