• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

भित्र रविको बयान, बाहिर निकिताको प्रतीक्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ ।

बिहीबार पोखराबाट काठमाडौँ ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो ।

सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् ।

कात्तिक २ गते पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖