• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कम्तिमा ३ दिन रबि लामिछाने काठमाडौंको हिरासतमा


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अझै तीन दिनसम्म काठमाडौं हिरासतमा रहने भएका छन्।

बिहिवार साँझ पोखरावाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तिमा आईतवारसम्म काठमाडौंमा नै रहने भएका हुन् ।

बिहान देखि सुरू भएको बयान आज अपरान्ह ३:३० बजे सकिएको छ ।

 

आज उनले करिब साढे ६ घण्टा लामो बयान दिएका छन् ।

हिजो काठमाडौं ल्याईएका उनको आजवाट बयान सुरू भएको हो ।

जिल्ला सहकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि भएको बयान दिउँसो ३ः३० बजे सकिएको जनाईएको छ।

अब उनको बाँकी बयान आईतवार हुनेछ । उनी सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖