• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कुशे गाउँपालिका–७ मा माओवादी केन्द्रले लियो अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका–७ मा मतगणना जारी छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको हो ।

सुरुवाती अग्रता बनाएका नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै माओवादीका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

यहाँ माओवादी केन्द्रले २२२ मत ल्याएको छ । यस्तै कांग्रेसले २१६, नेकपा एमालेले १५० मत ल्याएको छ ।

राप्रपाले ५ मत ल्याउँदा १० मत बदर भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖