• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ मङ्सिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।

आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी गरेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

भण्डारीकि निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार चार सय ७४ प्राप्त गरिन । कूल सात हजार चार सय ६० मतदातामध्ये तीन हजार नौ सय तीन मत खसेको थियो ।

निर्वाचित भण्डारी विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मैनादेवी जोशीसँग पराजित भएकी थिइन् । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष जोशीको विसं २०८० माघ ४ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖