• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कुख्यात भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्दै प्रभु साह


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ । भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचारीहरुको नामावली संकलन गर्दै सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो ।

आजपको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौंमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आजपाले विभिन्न कार्यक्रम गर्दै आएको छ । हालै आजपाले भ्रष्टाचार एवं सरकारको मनोमानी कर आतंकविरुद्ध काठमाडौंमा र भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै, बैठकले भगौडा वर्गको सम्पती पहिचान गरी राज्यलाई बुझाउने, दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारी गर्नका लागि संघर्षका कार्यक्रम गर्ने, तीनै तहको सरकारको कर आतंकविरुद्ध संघर्षका कार्यक्रम गर्ने, कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने, पार्टीको संगठन बिस्तार गर्दै गाउँ गाउँ र टोलटोलसम्म पुर्याउँने निणर्य बैठकले गरेको आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖