• Tuesday 6th of October 2026

शिखर धवन स्वदेश फर्किंदै,एनपिएलको बाँकी खेल नखेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । चर्चित भारतीय क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)को बाँकी खेल नखेल्ने भएका छन् । कर्णाली याक्समा आबद्ध उनी स्वदेश फिर्ता हुने भएका हुन् ।

कर्णालीले धवनलाई चार खेलका लागि टोलीमा आबद्ध गराएको थियो । उनले सम्झौताअनुसार चार खेल खेलेर स्वदेश फर्किने भएका हुन् ।

एनपीएलमा चार खेल खेलेका शिखरले कूल १३६ रन बनाए ।

उनले विराटनगर किंग्सविरुद्ध ५, चितवन राइनोजविरुद्ध ४५, जनकपुर बोल्ट्सविरुद्ध १४ र काठमाडौँ गुर्खाजविरुद्ध अविजित ७२ रन बनाए । कर्णालीले चार खेलमध्ये दुईमा हार र दुईमा जित निकालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖