• Tuesday 6th of October 2026

बेचबिखनका लागि भारत लगिरहेका २ किशोरीकाे उद्दार


  • धनकुटा खबर
  • .

धनगढी । बेचबिखनका लागि भारत लगिरहेकाे अवस्थामा कञ्चनपुरबाट २ किशोरीको उद्दार गरिएको छ ।

जिल्लाकाे बेलौरी नगरपालिका-१० काे भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगरबाट भारत पसिरहेका २ किशोरीको उद्दार गरिएको हाे ।

बेलौरीकै स्थानीय उनीहरूकाे उमेर १३ र १४ वर्ष छ । प्रहरीसँग उनीहरूले भारत हुँदै कोरिया जान लागेको बताएका थिए ।

उनीहरूलाई बेचबिखनका फकाएर कसैले लगिरहेकाे आशंकामा उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖