• Saturday 17th of October 2026

चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या


  • धनकुटा खबर
  • .

काठमाडौँ। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१० मा १७ वर्षीया किशोरीको हत्या भएको छ ।

धादिङको गजुरी गाउँपालिका–४ घर भएर सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् ।

चन्द्रागिरी नगरपालिका–१० सतुंगलस्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए ।

तर, खोजतलास गर्दा बुधवार लोबेड मुनि उनको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖