• Tuesday 6th of October 2026

यसरी बेच्न ठिक्क पारेका र फुल पार्ने बेलाका १९० वटा कालिज चितुवाले मारेपछि


  • धनकुटा खबर
  • .

स्याङ्जा । कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ ।

स्थानीय आशिष न्यौपानेले सञ्चालन गरेको फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो ।

वैदेशिक रोजगारमा ५ वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपानेलेको डेढ बर्सबाट कालिज पालेका थिए । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे ४ लाख बराबरको कालिज चितुवाले मारिदिएको हो । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाडेर मारेको भेटिएको न्यौपानेले बताए ।

बिहान फार्ममा कालिजलाई दाना खुवाउन श्रीमतीसहित पुगेका न्यौपानेले नजिकै झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन भागेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖