• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

पोखरा पठाईयो रविको हिरासतको तस्बिर सार्वजनिक गर्ने भुसाललाई


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई पोखरा लगिएको छ । प्रहरीले उनलाई आइतबार राति काठमाडौंको चावहिलबाट पक्राउ गरेको थियो ।

आइतबरा पक्राउ परेका भुसाललाई सोमबार बिहान पोखरा लगिएको हो । उनले यही पुष ३ गते सहकारी ठगी प्रकरणमा मुछिएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेको सामाजिक सञ्जालमार्फ तस्वीर सार्वजनिक गरेका थिए।

उक्त तस्वीर आफूले थुनुवा कक्षमा रहेको सीसीटीभीबाट खिचेको भुसालले स्वीकारेपछि यस प्रकरणलाई लिएर प्रहरीले छानबिन गर्न निणन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖