काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् ।
गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ ।महाराजगञ्ज प्रहरी वृत्तमा आज विहान आत्मसमर्पण गरेपछि उनले यस्तो बयान दिएका हुन् ।
बुवा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको पनि उनको दाबी छ ।
गलवन्दीको पासो लगाएर झुण्डिएको तर गाँठो फुस्किएर बाँचेको उनले बताएका छन् ।
