• Saturday 17th of October 2026

काठमाडौँमा बर्षा


  • धनकुटा खबर
  • .

काठमाडौँ, पुस ९ । काठमाडौँ उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा सुरु भएको छ। हाल उपत्यकामा सिमसिम पानी परिरहेको छ, जसका कारण चिसो बढ्दै गएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभर हिउँदे प्रणाली सक्रिय भएको छ। यो प्रणालीको प्रभावले विशेषगरी पश्चिम नेपालका भूभागहरूमा ठूलो असर गरेको छ। उच्च पहाडी र हिमाली भेगमा हिमपातसमेत भएको छ।

वर्षाले किसानहरूको खेतीबालीका लागि राहतको काम गर्ने अनुमान गरिएको छ। तर, चिसोका कारण जनजीवनमा केही समस्या उत्पन्न हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

उपत्यका लगायत देशका अन्य भागमा चिसो बढेकाले न्यानो कपडा लगाउन र स्वास्थ्यमा ध्यान दिनु विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖