• Saturday 17th of October 2026

मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार, अर्धचेत अवस्थामा भेटिइन्


  • धनकुटा खबर
  • .

मोरङ । मोरङको जहदामा मर्निङवाकमा गएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

मंगलबार बिहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिकामा उक्त घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेकी थिइन् ।

उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवतीलाई बाँसको झ्याङ्गमा लगेर बलात्कार गरिएको थियो । घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖