• Saturday 17th of October 2026

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद मिना गुरूङ पक्राउ


  • धनकुटा खबर
  • .

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गण्डकी प्रदेशकी पूर्वसांसद मीना गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार साँझ उनलाई पोखरा-११ स्थित निवासबाटै पक्राउ गरिएको हो ।

गुरुङ सूर्यदर्शन सहकारीकी पूर्व उपाध्यक्ष हुन् । उक्त सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका प्रतिवादीमध्ये उनी पनि एक हुन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा रास्वपा सभापति रवि लामिछानेसँगै एमालेकी पूर्व सांसद गुरुङविरुद्ध पनि मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖