• Saturday 17th of October 2026

इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हत्या प्रकरण : रेष्टुरेण्टको उधारो रकमबारे भएको थियो विवाद


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको च्यासलस्थित हिमालय कलेजबाट बीई तेस्रो सेमेष्टर पुरा गरेका इन्जिनियरिङका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग कलेज नजिकैको क्याफेमा गए । सेमेष्टर पुरा गरेको खुसियालिमा उनीहरुसँगै बसेर ‘टाउन हब’ नामको क्याफेमा गएर खुसीयाली मनाएका हुन् ।

करिब ९ बजेर २० मिनेटमा त्यहाँबाट निस्कनेबेला बिल तिर्न खोजे । क्याफेको काउण्टरमा बसेका २६ वर्षीय हेमराज भट्टले गुरुङसँग पुरानो उधारो रकम पनि माग्दै भने, ‘पहिलाको बाँकी तिर्नुपर्छ ।’

आफूहरू लामो समयदेखि सो क्याफेमा खाने गरेको र त्यहाँ खाता रहेको नयनले बताए । सुनसरी घर भएका २३ वर्षीय नयन सातदोबाटोमा बस्थे । उनले सोमबारबो बिल थोरै उठेको हुनाले सो रकम तिरेर पुरानो बाँकी नै राखेर निस्किए । तर, निस्केको केही बेरमा उनी साथीहरूसँग फेरि क्याफेमा फर्किए । डडेलधुरा घर भएका भट्ट र नयनको बिचमा फेरि विवाद हुन थाल्यो । विवादको चुरो थियो, ‘भट्टले उधारो राखेको रकम मागे ।’ नयनले उनलाई भने, ‘हामी पुरानो ग्राहक हौँ, तपाई पछि क्याफेमा काम गर्न आएको हुनाले धेरै कुरा थाहा छैन ।’

त्यसपछि भट्टले चक्कु प्रहार गरेर नयनको हत्या गरेको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘उधारोको विवादमा हत्या भएको देखिन्छ ।’

नयन र उनका साथीहरू करिब साढे ३ वर्षदेखि सो क्याफेका ग्राहक थिए । चक्कु प्रहार भएपछि नयनलाई बिएण्डबी अस्पतालमा लगिएको थियो । अहिले उनको शव पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको एसएसपी खनालले बताए । हत्यामा संलग्न हेमराज भट्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖