• Tuesday 6th of October 2026

आज काठमाडौंमा गुञ्जिँदै सोनु निगम


  • धनकुटा खबर
  • .

बलिउडका चर्चित गायक सोनु निगम बुधबार काठमाडौंमा गुञ्जिँदैछन्।

क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ। कन्सर्टका लागि सोनु केही समयमा काठमाडौं ओर्लिदैछन्।

कन्सर्टका लागि ४ बजे गेट खुल्नेछ। सोनु ७ बजे स्टेज उक्लिनेछन्। उनले कन्सर्टमा भारतीयसहित केही नेपाली गीत समेत गाउनेछन्।
उनले स्वर दिएका ‘उकाली ओराली गर्दै’, ‘फूलको डाली–डालीमा’ जस्ता नेपाली गीत निकै लोकप्रिय छन्।

नेपाली–टच नेपालले कन्सर्ट आयोजना गरेको हो।

आयोजकका अनुसार कन्सर्टका लागि ७ हजार हाराहारी टिकट बिक्री भएको छ। १० हजार दर्शकको उपस्थिति रहने आयोजकको अपेक्षा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖