• Saturday 17th of October 2026

८१ वर्षीय षडानन्दले दिए छोरा र नातिलाई दागबत्ती


  • धनकुटा खबर
  • .

भक्तपुरको बालकोटमा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको अन्त्येष्टि गरिएको छ। मंगलबार राति हिन्दु संस्कार अनुसार उनीहरूको अन्त्येष्टि गरिएको हो।

मृतक छोरा र नातिलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ती दिएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए।

उनीहरूको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेका थिए। हत्या पछि फरार रहेका मिलनलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीसँगको बयानमा मिलनले बुबा र भाइको हत्या गरेको स्विकारेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖