• Saturday 17th of October 2026

अटो रिक्सा दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

दाङ । दाङमा अटो रिक्सा दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचाको क्रममा मृत्यु भएको छ।

बुधबार दिउँसो गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलावास सडकखण्डमा भएको दुर्घटनामा परेर घाइते तीन जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्। राजपुर गाउँपालिका–३ भैसहवा निवासी ५० बर्षिय तुलाराम विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया बाट गढवा बजार हुँदै कोइलावासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा घाइते भएका सोही ठाउँ निवासी ४० वर्षीया वसन्ती विकको लमही अस्पतालमा र राजपुर–४ का ३६ बर्षिय प्रेमचन्द्र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

अटो चालक राजपुर गाउँपालिका–३ भैसहवा निवासी ४० बर्षिय मदन विक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ। देश सञ्चारबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖