• Saturday 17th of October 2026

कुश्लभ केसीलाई पुत्रवियोग, ५ महिनाको नवजात छोरा गुमाए


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ पुष । सहकारी पीडितहरुको न्यायको लागि निरन्तर संघर्ष गर्दै आएका कुश्लभ केसीलाई पुत्रवियोग परेको छ ।

केसीले पाँच महिनाको छोरा गुमाएका हुन् । छोराको अन्त्येष्टि गर्दै गरेको तस्विर साझा गर्दै केसीले फेशबुकमा हृदयविदारक स्टाटस लेखेका छन् । केसीले आफ्नो नवजात छोराको निधनको कारण भने खुलाएका छैनन् ।

उनले लेखेका छन्–

भगवान कति निष्ठुरी हुँदो रहेछन साढे ५ महिनाको यो बच्चाको के दोष थियो निर्दोष बच्चालाई जीवित राखेर मेरो ज्यान लिएको भए हुने थियो। मेरो के दोष थियो मेरो श्रीमतीको के दोष थियो निरन्तर अरुको पीडामा मलम लगाउँदै अरुको घरमा खुसी दिन सकियो भने मेरो घर त्यत्तिकै भगवानले खुसी बनाउँछन् भन्ने सोचका र विश्वासका साथ निरन्तर अगाडि बढिनै रहे आज सरकारलाई अध्यादेशसम्म ल्याउन बाध्य समेत बनाएका छौं तर दैवले मेरो हातमा। यो खालको। उपहार दियो जुन म जीवन भरि भुल्न सक्दैन जे भाग्यमा छ जे लेखेको छ त्यो भोग्नुपर्छ तर यस्तो भोग्नुपर्छ मेरो भाग्यमा यस्तो लेखेको छ मैले सोचेको थिएन जेल नेल कुटाई हुँदा मलाई त्यति पीडा भएको थिएन तर आज आएर मलाई नै यतिसम्मको पीडा सोच्न त के कल्पना गर्न नसकिने अवस्था बन्यो अब यो भन्दा धेरै गुमाउनुपर्ने केही रहेन।

बाँच्न पनि केका लागि जस्तो भइसक्यो? कसका लागि बाँच्नु अब त मन पनि ढुङ्गा बनिसक्यो। चाहे दैवले अत्याचार गरोस्। चाहे भगवान चाहे धर्तीमा रहेका राक्षसहरु सबको अन्त्य हुन्छ वारपार हुन्छ। सहनुको सीमा पनि सकियो। गुमाउनुपर्ने पनि केही बाँकी छैन केवल मेरो एक सरो कात्रो बोकेको ज्यान बाहेक अरु केही छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖