• Friday 16th of October 2026

स्कुलबाट फर्किएपछि आशा मृत फेला


  • धनकुटा खबर
  • .

डडेलधुरा: डडेलधुराम एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २, तेली गाउँकी १९ वर्षीया किशोरी आशा मल्ल मृत अवस्थामा फेला परेकी हुन्।

उनी शुक्रबार राति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। उनी शुक्रबार बिहान विद्यालय पनि गएकी थिइन्। तर विद्यालयबाट फर्किएपछि साँझ यस्तो घटना भएको बताइएको छ। आशाले किन यस्तो कदम उठाइन् भन्ने कारण हालसम्म खुल्न सकेको छैन।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। स्थानीय बासिन्दाहरू यो घटनाले स्तब्ध भएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖