• Friday 16th of October 2026

एक हप्ता बित्दा पनि घर फर्किएनन् अचानक हराएका अबिन


  • धनकुटा खबर
  • .

चितवनको भरतपुरका अबिन देवकोटा एक हप्ताअघि अचानक हराए। घरबाट नजिकैको होटेल गएर आउँछु भन्दै उनी गत पुस ८ गते घरबाट निस्केका थिए।

त्यसपछि उनी घर फर्केका छैनन्। भरतपुर-१० को जनशितल पथ टोलमा घर भएका २४ वर्षका अबिन एक साता बित्दा पनि घर नफर्किएपछि उनको परिवार चिन्तामा छ।

उनका भाइ अभिषेकका अनुसार होटेल जान्छु भन्दै घरबाट निस्केका अबिन त्यहाँ भने गएका थिएनन्। ‘हामीले त्यहाँ गएर सीसीटिभी फुटेज चेक गर्दा त्यहाँ जानु भएको रहेनछ,’ उनले भने, ‘बरु मोबाइलको अन्तिम लोकेशन दास ढुंगामा भएको पाइयो।’

दास ढुंगानजिकै रहेको प्रहरी चौकी नजिक उनले आफ्नो बाइक अलपत्र छोडेर हिँडेका थिए। ‘प्रहरीले बाइक अलपत्र रहेको भेट्टाएपछि हामीलाई खबर गर्नुभयो,’ भाइ अभिषेकले भने, ‘मोबाइल पनि बाइकको सिटभित्रै राख्नु भएको रहेछ।’

अविशेकका अनुसार अबिनको घरमा राम्रै सम्बन्ध थियो। उनी खासै झैझगडा पनि गर्दैन्थे। मानसिक स्वास्थ्य पनि ठिकै थियो।

सबै सामान्य अवस्थामा रहेका छोरा हराएपछि आमाबुवा भने निकै चिन्तामा परेका छन्। ‘दाइ हराएपछि बुबाआमा निकै चिन्तित हुनुहुन्छ,’ अभिषेकले सुनाए, ‘यस्तो किन गर्‍यो भनेर उहाँहरु नै अचम्ममा पर्नुभएको छ।’

होटेल म्यानेजम्यान्ट पढेका अबिन केहीअघिसम्म चितवनकै एक स्थानीय रिसोर्टमा काम गर्थे। बीएचएमको रिजल्ट आएर पास भएपछि उनी पछिल्लो समय सिसोर्टको काम छोडेर विदेशको तयारीमा थिए।

अबिन बेपत्ता हुनेबित्तिकै प्रहरीमा खबर गरेको र प्रहरीले खोजतलास जारी राखे पनि केही पत्ता नलागेको भाइ अभिषेकले सुनाए।

अबिनलाई देख्ने जोकोहीले आफूहरुलाई सम्पर्क गरेर खबर गरिदिन अभिषेकको आग्रह छ।

अभिषेकको सम्पर्क नम्बर (9864066303) रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖