• Friday 16th of October 2026

स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड


  • धनकुटा खबर
  • .

लन्डन, १४ पुस । बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । 

 

यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि  युवतीले अदालतमा मुद्दा दायर गरिन् । कम्पनीले अदालतमा धेरै स्पष्टीकरण पेश गरेका थियो तर कुनै सुनुवाइ भएन र अन्ततः युवतीलाई ३० लाख पाउन्ड क्षतिपूर्ति तिर्न जागिरवाट निकाल्ने कम्पनिलाइ आदेश दिएको घटनाले  बेलायतमा निकै चर्चा पाएको छ।  

खासमा एलिजावेथ नाम गरेकी  २० वर्षीया केटीलाई काममा स्पोर्टस जुत्ता लगाएको आरोपमा जागिरवाट निकाले पछि अदालतले क्षतिपूर्तिको रूपमा ३० हजार पाउन्डा दिन लगाएको छ । एलिजाबेथ बेनासी नामकी केटीले २०२२ मा म्याक्सिमस युके सर्भिसेजमा काम गर्न थालेकी थिइन् तर बेनासीले कम्पनीबाट एक दिन हात धुनु परयो, भनियो ‘तिमीले स्पोर्टस जुत्ता लगाएकी छौं, जो यहाँ मिल्दैन ।’

अदालतमा एलिजावेथले सो कार्यालयमाड्रेस कोड छ भनेर आफूलाई थाहा नभएको बताउँदै जानकारी प्राप्त भए पछि ड्रेस कोड अनुसार कार्यालय आउने प्रतिबद्दता जनाए पनि जबर्जस्ती निकालेको बयान अदालतमा दिएकी थिइन । उनको कुरा थियो, आफूलाई अनुचित रूपमा निशाना बनाएर जागिरबाट निकालिएको हो ।

एलिजाबेथ बेनासीले भनिन् कि उनको जुत्ता माथी अनुचित रूपमा लक्षित भएको थियो, यद्यपि अन्य सहकर्मीहरूले यस्तै जुत्ता लगाएका थिए र त्यसबाट टाढा गएका थिए । त्यसपछि बनासीले कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनले आफूलाई बच्चा जस्तै व्यवहार गरेको आरोप लगाएका छन् ।

 

बेनासीलाई तीन महिनाको लागि मात्रै काममा लिएको हुनाले उनलाई बर्खास्त गरिएको सो कम्पनिले जनाउँदै अदालतमा आफ्नो प्रतिरक्षा गरेको थियो । तर,  उनी सबैभन्दा कान्छी कर्मचारी थिइन्, त्यसैले उनी ‘माइक्रो म्यानेज्डँ भइन्। दुवै पक्षको सुनुवाइपछि दक्षिण लन्डनको क्रोइडनस्थित श्रम अदालतले एलिजाबेथ बेनासीको पक्षमा फैसला सुनायो। 

 

अदालतले कम्पनीलाई भने कि, ‘यदि तपाईंले उनलाई तीन महिनाको लागि मात्र काममा राख्न खोज्नु भएको थियो भने तपाईंले आफ्नो इमेलमा उल्लेख गर्नु पर्दथ्यो वा त्यही अनुसार नियुक्ति पत्र दिनु पर्दथ्यो तर यहाँ कुनै काम भएको छैन् ।’ जसका कारण बेनासी कार्यालय पुग्दा तत्कालै यस विषयमा अनुपयुक्त तरिकाले उनी माथी हप्की दप्की गरिएको पुष्टी भए पछि अदालतले २९ हजार १८७ पाउण्ड क्षतिपूर्ति दिने आदेश दिएको हो ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖