• Friday 16th of October 2026

काठमाडौंको कागेश्वरीमा गोली चल्यो, पति-पत्नी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । रिद्धिसिद्धि बसपार्क नजिकै गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र गोली प्रहार भएको हो ।

खोटाङ हलेसी तुवाचुङ ७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गर्दा घरधनी अर्जुन र श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकर पनि घाइते छन् । उनलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका बताइएको छ ।

व्यक्तिगत रिसिइबीको कारण गोली प्रहारको घटना भएको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।-नेपाल भ्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖