• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

युवाहरुलाई पार्टीमा भित्र्याउँदै ओलीले भने, ‘भगवान बन्ने कोशिस चाहीँ नगर्नुस्’


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले केही मान्छेहरुले एमाले खराब, एमालेमा पनि केपी ओली खराब भनेर भ्रम छरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केही मान्छेहरु एमाले र केपी ओलीलाई सिध्याउनै पर्छ भनेर लागिपरेको बताए । उनले भने, ‘अहिले धेरै मान्छेहरुले एमाले खराब हो, एमालेमा केपी ओली खराब हो । केपी ओलीलाई त सिध्याउनै पर्छ भनेका छन् ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल, ‘मिसेज हेरिटेज इन्टरनेसनल’ का विजेता बिभा बस्नेत, शिवानी गौतम, गायत्री बिसीसहितका युवालाई पार्टी प्रवेश गराए ।

उनले युवाहरुलाई पार्टीमा स्वागत गर्दै असल मान्छे बन्नेतर्फ लाग्न सुझाव दिए । ‘मेरो सुझाव छ– भगवान बन्ने कोशिस नगर्नुस् । किनभने त्यो नहुने कुरा हो, असल मान्छे बन्नेतिर लाग्नुस्,’– ओलीले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖