धनगढी । अछाममा मरेकाे कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरकाे मृत्युु भएकाे छ भने परिवारका अन्य तीन जना बिरामी भएका छन् ।
कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिककाे आइतबार मृत्यु भएकाे अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएकाे मरेकाे कुखुराकाे मासु खाएकाे थिए ।
मासु खाएपछि बिरामी भएका बिककाे आइतबार मृत्यु भएकाे भण्डारीले बताए ।उनकाअनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकि १४ वर्षीय नातिनी सीता बिक र नाती ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् ।
उनीहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मरेकाे कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएकाे थियोे ।
मृतक किशाेरका आमाबुवा राेजगारीका सिलसिलामा भारत रहेका छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएकाे छ ।
