• Friday 16th of October 2026

कोटेश्वरको एक होटलबाट पेस्तोल र गोली लिएर बसेका युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक होटलमा पेस्तोल, म्यागजिन र गोली लिएर बसेका युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार महानगरपालिका–३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्का पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ९ राउण्ड सहित सोही महानगरपालिका–३२ कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीको भनाई छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖