बझाङमा दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृ’त्यु भएको छ ।
४५ वर्षीया पञ्चमालादेवी जोशी स्वास्थ्य स्वयम्सेविका थिइन्। गत शनिबार उनै जोशी स्थानीय मालुमेला बजारबाट घर फर्किंदै थिइन्। हिँडिरहेको बेला सडकमाथिबाट ढुंगा खसेर उनीमाथि ब’ज्रियो। स्वास्थ्य स्वयम्सेविका जोशी बजारबाट घरै पुग्न पाइनन्।
ढुंगाले लागेर उनको मृ’त्यु भयो। २५ वर्षीया छोरी रोहिणी आमाको निधन हुँदा काम विशेषले कैलालीको धनगढी आएकी थिइन्। धनगढीमै रहँदा उनले आमाको दुःखान्त सुनिन्। आमाको निधनले रोहिणी निकै विक्षिप्त थिइन्। धनगढीबाट उनी आइतबार बेलुका घर पुगिन्। आमाको अप्रिय घटनाले भावविह्ल रोहिणी बारम्बार मुर्छा परिरहेकी थिइन्।
उनलाई इष्टमित्र, छरछिमेकीले सम्हाल्ने प्रयास गरिरहेका थिए। बेलुकी आमाको पार्थिव शरीर हेर्ने बित्तिकै रोहिणी ढलिन्। दुर्भाग्य! आमा गुमाएको शोकले विक्षिप्त रोहिणी पनि रहिनन्।
‘स्थानीय स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरियो। त्यसपछि थप उपचारका लागि बेलुका नै अस्पताल लगेपनि जति कोसिस गर्दा पनि होसमा ल्याउन सकिएन।चिकित्सकले राति मृत घोषित गरे।’रोहिणी छबिसपाथीभराको सेती क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्थिन्। स्वास्थ्य स्वयम्सेविका पञ्चमालाका एक छोरा र तीन छोरी थिए। उनले छोरा र दुई छोरीको बिहे गरिसकिन्। रोहिणी अविवाहित थिइन्।
श्रीमान जगतप्रसाद जोशी लामो समयदेखि भारतको बैङ्लोरमा काम गर्थे। दुई साताअघि मात्रै उनी त्यतैबाट वैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका थिए। श्रीमतीको दुर्घटनामा निधन भएको खबरपछि घर फर्किएका उनले छोरी वियोगको बज्रपात पनि व्यहोर्नु पर्यो। दुबईबाट घर पुग्दा उनले कलिली छोरी पनि गुमाए।आमा र छोरीको स्थानीय जगाडीगाड र सेती नदीको दोभानमा एकै चितामा अन्त्येष्टि गरिएको छ।
