• Friday 16th of October 2026

२४ वर्षीय छोराले गरे आमा र चार बहिनीको हत्या


  • धनकुटा खबर
  • .

नयाँ वर्षमा भारतको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। एक युवकले आफ्नै परिवारका पाँच जनाको विभत्स हत्या गरेका छन्। घटनास्थलबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सूचना पाएलगत्तै प्रहरी र फोरेन्सिक टोलीले घटनास्थलमा पुगेर सूचना संकलन गरेको थियो।

घटना नाका थाना क्षेत्रस्थित होटल शरणजीतमा भएको हो। लखनउ आगराको कुबेरपुर क्षेत्रको तेहरी बगियाा इस्लाम नगरको एक होटेलमा २४ वर्षीय अरशद आफ्नी आमा आस्मा र चार बहिनी आलिया (९), अल्सिया (१९), अक्सा (१६), रहमीन (१८) सँग बसेका थिए। अरशदले कुनै विवादमा होटलको कोठामा पाँचै जनाको हत्या गरेको लखनउ प्रहरीले जनाएको छ।

बुधबार बिहान प्रहरी खबर पाएपछि तुरुन्तै घटनास्थल पुगेको थियो। अभियुक्त अरशद त्यहाँबाट भागेका छैनन्। उनलाई प्रहरीले पक्राउ गरेको छ। रगतले लतपतिएको शव देखेर मानिसको मन काँप्यो। प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ।

डीसीपी रविनाले घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको बताइन्। ‘अभियुक्त पक्राउ परेका छन्। उनले यस्तो कदम किन उठाए भन्नेबारे अनुसन्धान भइरहेको छ ? फिल्ड युनिटलाई बोलाएर प्रमाण संकलन भइरहेको छ। यस सम्बन्धमा विस्तृत अनुसन्धान र थप कानुनी कारबाही भइरहेको छ,’ उनले भनिन्। एजेन्सी

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖