• Friday 16th of October 2026

५ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ र ललितपुरसहित विभिन्न जिल्लाहरूमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलक बहादुर श्रेष्ठ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोविन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायिक जंगल नजिकै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

पर्सा, वीरगन्ज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖