बाल कलाकार सचिन परियारको बिहीबार निधन भएको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका उनको बिहान निधन भएको हो।
गुल्मीको मुसिकोटका सचिन जम्मा १३ वर्षका थिए। उनी एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तापछि चर्चामा आएका थिए। त्यो बेला उनी ९ वर्षका थिए।
उक्त कार्यक्रममा प्रस्तोताले सोधेका प्रश्नको उनले रमाइलो जबाफ दिए। मुसुक्क मुस्काउँदै बेसुर तालमै गीत पनि गाए। बिस्तारै सामाजिक सञ्जालमा सक्रिय दर्शकमाझ उनी चर्चित बने।
उनको अनुहारको भावभंगी र जबाफ दिने शैली धेरैले रूचाए। बालसुलभ सचिन आफ्नो मौलिकपनका कारण भाइरल भए।
