• Tuesday 6th of October 2026

कञ्चनपुरमा प्रेमीको मृत्युको खबरले विक्षिप्त हेमाले क्षणभरमै देह त्यागिन् !


  • धनकुटा खबर
  • .

धनगढी । प्रेम कति अन्धो हुन्छ, त्यो कञ्चनपुरको एक घटनाले प्रमाणीत गरिदिएको छ। शुक्रबार मात्रै कञ्चनपुरमा घटित सो घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको हो । प्रहरी स्रोतका अनुसार हिजो कञ्चनपुरमा कहालीलाग्दो घटना घटेको हो। यानिकी भीमदत्त नगरपालिकामा प्रेमी र प्रेमिकाको एकैदिन मरण भएको छ ।

अस्तितिर विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भएपछि घटना घटेको हो। प्रहरीका अनुसार हिजो बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका जाग्रीले मृत्युको २ दिनअघि विषादी सेवन गरेको बताइन्छ । अचम्म लाग्दो कुरा त के भने, जाग्रीको मृत्युुलगत्तै उनकी प्रेमिकाले पनि देहत्याग गरेकी छन्। जाग्रीकी प्रेमिकासमेत रहेकी दोधारा चाँदनी नगरपालिका-८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका-४ बस्ने अन्दाजी १८ वर्षीया हेमा खड्का मृत फेला परेकी हुन् ।

हेमा आफू बस्ने कोठामै झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकारीका अनुसार हेमा कोठा भाडामा लिएर पढ्न एक्लै महेन्द्रनगर भगतपुरको बन्देबी टोलमा बस्दै आएकी थिइन् ।

आफ्नो प्रेमी जाग्रीको मृत्युको खबर पाएपछि हेमाले प्राण त्याग्नुअघि समाजिक संजाल फेसबुकमा आफ्नो र प्रेमी युवकको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन् । प्रहरी अनुसन्धानबाट उनीहरुको सोसल मिडियाबाट लभ परेको र उनीहरु फरक फरक स्कुलमा पढ्ने भएपनि महेन्द्रनगरमै पढ्ने गरेको खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लोसमय सुदूरपश्चिममा यस्ता घटनाहरु बढ्दै गएको देखिन्छ । सोसल मिडियाबाट ब्लाइन्ड लभ पर्ने र कहिले धोकाधडी त कहिले प्रेमकै नाममा ज्यान गुमाउनेहरु बढिरहेको प्रहरीकै तथ्यांक बताउँछ ।

एक प्रहरी अधिकृतका अनुसार यो कञ्चनपुर घटना पनि प्रेमकै कारण भएको हो। तर, एक्लै बस्ने किशोरीको साथमा परिवार अथवा अविभावक भएको भए सायद यो घटना हुन्थेन । पछिल्लो समय मोबाइलको दुरुपयोग र परिवारबाट अलग्गै बस्ने किशोर किशोरीहरु डिप्रेसन र आत्महत्याको सिकार बनिरहेका छन्। सुदूरपश्चिममा यसको अवस्था भयावहजस्तै देखिन्छ ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖