धनगढी । बैतडीमा महिलाको गर्भ बसेको ६ महिनापछि बलात्कार भएको कुुरा खुलेको छ । सिगास गाउँपालिकाकी २५ वर्षीया महिलाको पेटमा गर्भ बसेको ६ महिनापछि मात्र उनीमाथि देवर नाता पर्नेले जबरजस्तीकरणी गरेको खुलेको हो ।
बलात्कार गर्नेमा देवर नाता पर्ने २४ वर्षीय अर्जुनसिंह धामी रहेको प्रहरीले जनाएको छ । धामीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा उजुरी परेको छ । तर उनी भागेर भारतर्फ गएको पीडित पक्षले जनाएको छ ।
ती महिलाको पेटमा ६ महिनाको गर्भ रहेको कुरा परिवारका सदस्यले अहिले आएर थाहा पाएका थिए । त्यसपछि मात्र उनीमाथि बलात्कार भएको कुरा खुलेको थियो । महिलाका श्रीमान १३ महिनादेखि रोजगारीका क्रममा भारतमा छन् ।
अहिले महिलालाई पाटनको सेफ हाउसमा राखिएको छ । फरार आरोपीत धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
