• Friday 16th of October 2026

काठमाडौको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले जानकारी दिए ।-अनलाइनखबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖