• Friday 16th of October 2026

सडक चोकको डिजिटल बोर्ड ह्याक गरी युवतीलाई प्रेम प्रस्ताव !


  • धनकुटा खबर
  • .

काठमाडौं । कपिलवस्तु नगरपालिका नयाँटोलको मुख्य चोकमा रहेको स्ट्रिट लाइट बोर्ड ह्याक भएको छ । बोर्ड ह्याक गरी स्क्रिनमा ‘आई लभ यू ममता’ लेखिएको छ ।

यस विषयमा टेकपानासँग कुरा गर्दै नगरपालिकाका प्रमुख सुदीप पौडेलले अनधिकृत पहुँच पाएर कसैले त्यस्तो लेखेको बताए ।

“मैले पनि हिजो (शनिबार) फेसबुक चलाउँदा ह्याक भएको थाहा पाएँ,” नगरप्रमुख पौडेलले भने, “म काम विशेषले बाहिर भएकाले प्राविधिक टोलीलाई सुधार गर्न निर्देशन दिएको छु ।”

अहिले सो बोर्डको सिस्टम एक्सेस नगरपालिकाका कर्मचारीमा आइपुग्यो वा आइपुगेको छैन भन्ने स्पष्ट छैन । यस विषयमा नगरपालिकाका प्राविधिकसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

यस घटनासँगै सामाजिक सञ्जालमा बोर्डको फोटो मिमका रूपमा फैलिरहेको छ । पछिल्लो समय सूचना बोर्ड ह्याक गरी अश्लील शब्दहरू लेख्ने घटना समेत भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖