• Friday 16th of October 2026

जंगलमा युवतीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा युवतीमाथि बलात्कार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरिएकाे छ ।

धनगढी उपमहानगरपालिका-१२ मनहेरा बस्ने १८ वर्षीया युवतीमाथि जबर्जस्तीकरणी गरेकाे अभियाेगमा गाैरीगंगा नगरपालिकाकाे बनबेहडाका २७ वर्षीय अशाेक भनिने हरिराम चाैधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले युवतीले युवकले आफूलाई धनगढीकाे जाखाेर तालकाे जंगलमा लगेर पटक-पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

साेही आधारमा आराेपीतलाई पक्राउ गरिएको डीएसपी बाेहराले बताए । पीडितले आफूमाथि बैशाखदेखि भदौसम्म बलात्कार भएकाे दाबी गरेकी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖