• Tuesday 6th of October 2026

अभिनेता राघव तिवारीमाथि कुटपिट


  • धनकुटा खबर
  • .

‘मेरी कोम, सास बहू र फ्ल्यामिंगो’ फिल्मका अभिनेता राघव तिवारीमाथि कुटपिट भएको छ।

एक सामान्य बहसमा उनीमाथि कुटपिट भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ। फलामको रड प्रहार भएपछि उनको टाउको फुटेको छ।

यस मामिलामा अभिनेताले उजुरी हालेका छन्। तर अहिलेसम्म उनीमाथि रड प्रहार गर्ने व्यक्तिलाई समातिएको छैन। राघवका अनुसार उनीमाथि एक्सन निर्देशक परवेज शेखका छोराले रड प्रहार गरेका थिए।

राघवले उजुरी दर्ता गरेपछि परवेज शेखका छोरा कुराकानी गर्न आएका थिए। तर उनले कुरा गर्न अस्वीकार गरेपछि परवेज शेखका छोराले गाली गलौज गरेर धम्की दिए। राघवका अनुसार यो मामिला गम्भिर हुँदा पनि पुलिसले कुनै कारबाही गरेको छैन।

परवेज शेखका छोराको नाम मोहम्मद जैद हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖