• Friday 16th of October 2026

झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटी कारागार चलान


  • धनकुटा खबर
  • .

झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्। उनी बलात्कार मुद्दामा कारागार चलान भएका हुन्।

शिवाकोटीलाई सोमबार (आज) जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖