• Tuesday 3rd of November 2026

चीनको तिब्बत केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंमा भूकम्पको झड्का लागेको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको हो ।

केही समयसम्म भूकम्पको कम्पन रहेकाे थियाे । यसले गर्दा काठमाडौं निवासी सडकमा निस्किएका छन् भने चराहरू उडेका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा भूकम्पको बढी महसुस भएको बताइएको छ ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिब्बत केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रविन्दु संखुवासभानजिकै परेको पाइएको छ ।

पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । यही पुस १९ गते मुगु र मनाङमा भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖