• Friday 16th of October 2026

नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला


  • धनकुटा खबर
  • .

बुटवल । बुटवल उपमहानगरपालिका-११ मा नवजात शिशु फेला मृत अवस्थामा परेकी छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका बुटवलको मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा मृत बच्चा फेला परेको बताएका हुन् ।

उनले नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हो । फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पण्डितले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖