• Friday 16th of October 2026

दुर्घटनामा परि गम्भिर घाइते युवा व्यवसायी गैरेको उपचारको क्रममा निधन


  • धनकुटा खबर
  • .

गैँडाकोट – सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ ।

नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।

गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु हुनुहुन्छ । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖